नियम १४७
तलब वृद्धि
: देहायको अवस्थामा बाहेक प्रत्येक प्रहरी कर्मचारीले एक वर्ष सेवा पूरा गरेपछि एउटा तलब वृद्धि पाउनेछ :
(क) परीक्षणकाल,
(ख) कायम मुकायम र
(ग) तलब वृद्धि रोक्का ।
तर परीक्षणकालमा रहेको प्रहरी कर्मचारीको नियुक्ति सदर भएपछि प्रहरी कर्मचारीहरूको परीक्षणकालमा रहेको अवधिसमेत तलब वृद्धिको निमित्त जोडिने छ ।